नेप्सेमा एशियन र प्रभु महालक्ष्मी लाइफको शेयरमूल्य समायोजन
१५ जेष्ठ २०८२, बिहीबार ०९:०६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ।
बुधबार नेप्सेमा एशियन लाइफको ४२ प्रतिशत हकप्रद शेयरका लागि र प्रभु महालक्ष्मीको ८ प्रतिशत बोनस शेयरका लागि मूल्य समायोजन गरिएको हो।
मूल्य समायोजन पछि एशियन लाइफको प्रतिकित्ता शेयर मूल्य ५२०.०३ रुपैयाँ कायम भएको छ। समायोजन अघि कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६९६.४४ रुपैयाँ थियो।
त्यस्तै मूल्य समयोजन पनि प्रभु महालक्ष्मी लाइफको शेयरमूल्य प्रतिकित्ता ५१२.५८ रुपैयाँ कायम भएको छ। समायोजन अघि कम्पनीको शेयरमूल्य ५५३.५९ रुपैयाँ थियो।