‘जीवन बीमाको पहुँच ४४.१७ प्रतिशत जनसंख्यामा पुग्यो’

१५ जेष्ठ २०८२, बिहीबार १४:०९

काठमाडौं । जीवन बीमाको पहुँच देशको समग्र जनसंख्याको ४४.१७ प्रतिशतमा पुगेको छ । बिहीबार अर्थमन्त्री बिष्णु पोडेलले आर्थिक सर्वेक्षण २०८१–८२ प्रस्तुत गर्दै बीमा दायरा बढेको जानकारी दिएका हुन् ।

अर्थमन्त्री पौडेलका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय खर्च ४.७ प्रतिशत र सङ्घीय राजस्व १२.६ प्रतिशतले बढेको छ। वैदेशिक सहायता प्रतिबद्धता उल्लेख्यरूपमा बढेको छ।

यस अवधिमा सङ्घीय सरकारको वित्त घाटा १६अर्ब १९ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा यस्तो घाटा ७० अर्ब ३६ करोड रुपैयाँ रहेको थियो।

२०८१ फागुनसम्म सङ्घीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.८ प्रतिशत हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*