बीमाको पहुँच बागमती प्रदेशमा बढी, कर्णालीमा सबैभन्दा कम

१५ जेष्ठ २०८२, बिहीबार १४:२१

काठमाडौं । बीमाको पहुँच बागमती प्रदेशमा बढी, कर्णालीमा सबैभन्दा कम रहेको आर्थिक सर्वेक्षणले देखाएको छ।

२०८१ फागुनमा बीमकको २९९२ शाखामध्ये हिस्सा सबैभन्दा बढी बागमती प्रदेशमा २८.१ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ५.३ प्रतिशत रहेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१÷८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गरेका छन् ।

उनले यस वर्ष बागमती प्रदेशमा २८.१ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम बीमाको पहुँच रहेको बताएका छन् ।

१३.२८ प्रदेशगत रूपमा बागमती प्रदेशमा जीवन र निर्जीवन बीमकको शाखा सङ्ख्याको हिस्सा सबैभन्दा बढी क्रमशः २६.६ प्रतिशत र ३१.१ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम क्रमशः ५.९ प्रतिशत र ४.२ प्रतिशत रहेको छ ।
“फागुनसम्म १३.२९ चालु आर्थिक वर्षको फागुनसम्मको कुल बीमा प्रिमियम सङ्कलनमध्ये बागमती प्रदेशमा सङ्कलित बीमा प्रिमियम ४३.४ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*