सरकारले निक्षेप कर्जा सुरक्षण कोषको पुनर्बीमाको व्यवस्थापन गर्दै
१५ जेष्ठ २०८२, बिहीबार १६:५५

काठमाडौं । सरकारले निक्षेप कर्जा सुरक्षण कोषको पुनर्बीमाको व्यवस्थापन गर्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै निक्षेप कर्जा सुरक्षण कोषको पुनर्बीमाको व्यवस्थापन गर्ने बिषय अवगत गराएका हुन् ।