रिलायबल नेपाल लाइफको एजेन्सी उत्प्रेरणा तालिम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लमजुङ शाखाले एजेन्सी उत्प्रेरणा तालिम सम्पन्न गरेको छ । उक्त तालिमले बीमा व्यवसायमा संलग्न एजेन्टहरुलाई थप जानकारी र प्रेरणा प्रदान गरेको शाखाले जनाएको छ ।
लमजुङ शाखाका प्रमुख राजु गुरुङको सञ्चालन गरेको कार्यक्रममा प्रदेश प्रमुख सरोज अधिकारीले प्रशिक्षण दिएका थिए । उनले बीमा व्यवसायमा इमान्दारी, ग्राहक सेवा र दीर्घकालीन सम्बन्ध निर्माणको महत्वबारे जानकारी साथै, बीमा अभिकर्ताहरुले बजारमा कसरी अझ प्रभावकारी रुपमा काम गर्न सकिन्छ भन्ने विषयमा पनि प्रशिक्षण दिएका थिए । प्रदेश प्रमुख अधिकारीले रिलायबले भविष्यमा पनि बीमितहरुको विश्वासलाई उच्च प्राथमिकता दिँदै जिम्मेवार र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेक थिए ।
तालिममा कम्पनीमा आबद्ध बीमा अभिकर्ताहरुको सक्रिय सहभागिता रहेको थियो । तालिमको प्रमुख उद्देश्य बीमा अभिकर्ताहरूरुको सीप, दक्षता र प्रेरणा अभिवृद्धि गर्नु रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागीहरुले यस्ता तालिमले आफूहरुलाई आत्मविश्वासी र व्यावसायिक रुपमा सक्षम बनाउने बताउँदै आगामी दिनमा अझ जिम्मेवार ढंगले कार्य गर्ने प्रतिवद्धता जनाए । रिलायबल इन्स्योरेन्सले भविष्यमा पनि यस्ता प्रभावकारी तालिमहरुलाई निरन्तरता दिने शाखा प्रमुख गुरुङको भनाई छ