रिलायबल नेपाल लाइफको व्यतित बीमालेख रिन्यू गर्दा १०० प्रतिशतसम्म छुट

१८ जेष्ठ २०८२, आईतवार १४:१२

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेखहरू नवीकरण (रिन्यू) गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छुट प्रदान गरिरहेको छ । कम्पनीले रिन्यू नगरेर व्यतित भएका बीमालेखहरू जेठ १५ देखि ३१ गतेसम्म रिन्यू गर्दा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गरिरहेको हो ।

साथै यस्तो सुविधा बीमालेख अवधिभर एकपटक मात्रै पाइने, यस्तो सुविधाबाट रिन्यू गरिएका बीमालेख २ वर्षभित्र सरेन्डर भएमा छुट रकम कट्टा गरिने स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*