हिमालयन लाइफद्वारा २ लाख ५० हजार दाबी भुक्तानी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको अर्घाखाँची शाखाले बीमित ओमबहादुर सारूको निधनपछि बीमितको परिवारलाई मृत्यु दाबी हस्तान्तरण गरेको छ।
कम्पनीका अनुसार पाणिनी गाउँपालिका–१ अर्घाखाँचीका ओमबहादुर सारूले केही वर्षअघि २ लाख रुपैयाँको जीवन बीमा गरेका थिए। उनले वार्षिक १४ हजार रूपैयाँका दरले जम्मा ६ किस्ता बुझाएकोमा सोपछि उपचारको क्रममा निधन भएको थियो।
बीमितको निधन भएपछि कम्पनीले एक शोक कार्यक्रमको आयोजना बीमितकी श्रीमती शान्ति सारू मगरलाई २ लाख ५० हजार बराबरको बीमा रकम हस्तान्तरण गरेको हो। उक्त रकम शाखा प्रमुख दिनेश सुनारले कनेटक्ट आईपीएस मार्फत सीधै बैंक खातामा पठाएका थिए।
कार्यक्रममा शाखा प्रमुख सुनारले जीवन बीमा अप्ठ्यारो परेको बेला आर्थिक राहत दिने बलियो आधार भएको बताए। बीमितको निधनपछि परिवारमा पर्ने आर्थिक भारलाई बीमाले बहन गर्ने भएकाले दुःखको परिस्थितमा यो एक किसिमको साहरा हुने प्रष्ट पारे।