पुस मसान्तसम्म नेपाल रिको नाफा ५७ प्रतिशत बढ्यो, अन्य वित्तीय सूचक कस्तो?

२२ जेष्ठ २०८२, बिहीबार ०७:३०

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा ५७.७१ प्रतिशत बढी खुद नाफा गरेको छ।क

कम्पनीले गत वर्षको पुस मसान्तसम्म ३३ करोड ७७ लाख रूपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा बढेर ५३ करोड २६ लाख रूपैयाँ नाघेको हो। यससँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि १.३३ रूपैयाँले बढेर ३.९७ रूपैयाँ कायम भएको छ।

कम्पनीले आज प्रकाशित गरेको उक्त विवरण अनुसार गत वर्ष ३ अर्ब ३ करोड रूपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा यस वर्ष ३१.७८ प्रतिशतले बढेर ३ अर्ब रूपैयाँ नाघेको छ।

 

त्यस्तै यस वर्ष कम्पनीको कुल आम्दानी २४.१८ प्रतिशतले बढ्दा कुल खर्च भने १९.५५ प्रतिशतले बढेको छ। कम्पनीको कु्ल आम्दानी ३ अर्ब ९६ करोड रूपैयाँबाट बढेर ४ अर्ब ९२ करोड नाघ्दा कुल खर्च ३ अर्ब ४८ करोड रूपैयाँबाट बढेर ४ अर्ब १६ करोड नाघेको छ।

चुक्ता पूँजी १३ अर्ब ४२ करोड रूपैयाँ रहेको यस कम्पनीको स्पेशल रिजर्भमा ४ अर्ब ६७ करोड रूपैयाँ, महाविपत्ति कोषमा ३५ करोड रूपैयाँ र जगेडा कोषमा ७६ करोड ४२ लाख रूपैयाँ रहेको छ।

कम्पनीको प्रतिशेयर नेटवर्थ १४८.९६ रूपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*