हिमालयन रिइन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२५ जेष्ठ २०८२, आईतवार १८:३६

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आज २०८२ साल जेष्ठ २५ गते सम्पन्न भएको छ । सभा काठमाडौँ, कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सभाले हाल कायम रहेको चुक्ता पूँजी रु. १० अर्व ४० चालीस करोडको ४.५० प्रतिशतका दरले हुन आउने रु. ४६,८०,००,०००/०० (अक्षरेपी छयालीस करोड असी लाख मात्र) बराबरको बोनस शेयर तथा सो बोनस शेयरको कर प्रयोजनको लागि रु. २,४६,३१,५७८/९५ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

निजी क्षेत्रद्वारा प्रवद्र्धित हिमालयन रिइन्स्योरेन्स लिमिटेड अन्तराष्ट्रिय रेटिङ्ग एजेन्सीबाट रेटिङ्ग भएको नेपालको एक मात्र कम्पनी हो । कम्पनीले विश्वविख्यात रेटिङ्ग एजेन्सी एएम बेष्ट बाट बि प्लस रेटिङ्ग पाएको छ । कम्पनीले अन्तराष्ट्रिय बीमा बजारमा एक उदाउँदो पुनर्बीमा कम्पनीको पहिचान बनाउने क्रममा ५२ वटा भन्दा बढी देशहरुबाट पुनर्बीमा व्यवसाय भित्र्याउन सफल भएको छ ।

त्यसैगरी सभाले प्रवन्धपत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सो को अभिलेख गराउने सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन वा सुधारको लागि निर्देशन भएमा सोही बमोजिम गर्ने गराउने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*