जेठ १५ सम्मको दाबी भुक्तानी लिन ट्रष्ट माइक्रो इन्स्योरेन्सको आग्रह
२६ जेष्ठ २०८२, सोमबार ०७:०१

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले गत साउन १ गतेदेखि जेठ १५ गतेसम्म परेको दाबी निवेदनको भुक्तानी लिन आग्रह गरेको छ।
कम्पनीले यस अवधिसम्म प्राप्त दाबी निवेदनमध्ये केही निवेदनमा कागजात अपुग रहेको र केहीमा बीमित सम्पर्कमा नआएकाले दाबी प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ।
कम्पनीले अबको २१ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको सम्पर्कमा आएर आफ्नो दाबी भुक्तानी लिन आग्रह गरेको छ। यस अवधिसम्म पनि दाबी भुक्तानी लिन नआएमा त्यस्तो बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले जनाएको छ।