एशियन लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

२६ जेष्ठ २०८२, सोमबार १०:१८

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समतिको बैठकले शेयरधनीलाई ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमध्ये ५.१० प्रतिशत बोनस शेयर र ०.२६८४ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। हाल यस कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ रहेको छ।

घोषित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

1749384272352

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*