हिमालयन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज जेठ २७ गते अन्तिम दिन हो। कम्पनीले साधारणसभा र लाभांश वितरणका लागि भोलि जेठ २८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रूपैयाँको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव गरेको छ। यो प्रस्ताव पारितका लागि आउँदो असार १० गते नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजेबाट अठारौं वार्षिक साधारणसभा बस्दैछ।
उक्त सभाले गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।