यी हुन् प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सबैभन्दा ठूला शेयरधनी, कसको स्वामित्व कति ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका प्रस्तावहरु पारित गरेको छ ।
पारित वार्षिक प्रतिवेदन अनुसार कम्पनीमा अधिकांश ठूला शेयरधनीको रुपमा नेपालका ख्यातिप्राप्त बैंकहरु रहेका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा सवै भन्दा धेरै सेयर स्वामित्व नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको रहेको छ । यस बैंकको ६.९८ प्रतिशत अर्थात ३३ लाख कित्ता रहेको छ ।
त्यस्तै, ज्योति विकास बैंकको ६.६९ प्रतिशत अर्थात ३१ लाख ६१ हजार २३५ कित्ता, प्रभु बैंक लिमिटेडको ५.११ प्रतिशत अर्थात २४ लाख १५ हजार ६ सय कित्ता, सांग्रिला डेभलपमेन्ट बैंकको ४.५४ प्रतिशत अर्थात २१ लख ४६ हजार ८६४.५० कित्ता र एनएमबी बैंकको १.७५ प्रतिशत अर्थात ८ लाख २५ हजार कित्ता सेयर स्वामित्व रहेको छ ।
साथै, कम्पनीमा एक्सेल डेभलपमेन्ट बैंकको २.७९ प्रतिशत अर्थात १३ लाख २० हजार कित्ता, प्रभु क्यापिटलको १.३३ प्रतिशत अर्थात पाँच लाख ४९ हजार कित्ता शेयर स्वामित्व रहेको छ ।