राष्ट्रिय जीवन बीमाद्वारा ‘बाल शैक्षिक योजना’ लन्च

२९ जेष्ठ २०८२, बिहीबार २०:०२

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले सम्पूर्ण अभिकर्ता र आम जनमानसको इच्छा अनुुसार नयाँ ‘बाल शैक्षिक योजना’ सावधिक बीमा पोलिसी लन्च गरेको छ । बिहीबार काठमाडौंको कान्थिपथस्थित यलो प्यागोडा होटलमा कम्पनीका उत्कृष्ट अभिकर्ता, उच्च तहका व्यवस्थापकीय कर्मचारी र विभिन्न क्षेत्रका बुद्धिजिबिको उपस्थितीमा कम्पनीले ‘बाल शैक्षिक योजना’ लन्च गरेको हो ।

कम्पनीले नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा सुन्दर पन्थीलाई पाएसँगै नयाँ आयामको सुरुवात गरेको अभिकर्ताहरुले प्रतिक्रिया दिएका छन् । कार्यक्रममा राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८०–८१ म उत्कृष्ट कारोबार गरेका अभिकर्ताहरुलाई प्रमाणपत्र–खादासहित सम्मान गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत कम्पनीको सन्स्थागत सुघार अभिकर्ताहरुको क्षमता बढाउन आवश्यक रहेको बताए ।
उनले भने, ‘मैले आफू बैकिङ्ग क्षेत्रबाट आएको भएर मलाई बुझ्न आप्ठ्यारो भएको हो । अभिकर्ता सम्मान गर्न समस्या भएको हो । आउँदो दिनमा चाँडै सम्मान तथा अन्य विभिन्न कुराहरु समयमा नै सक्ने छौ।’

सीईओ प्रन्थीले भने, ‘हामीले बिभिन्न तरिकाले विभिन्न उपाय लगाएर भएपनी बोनस बढाउने सोच छ । नयाँ प्रोडक्ट ल्याएका छौं र ल्याउने छौं । कम्पनीको गरिमा बढाउन र व्यवसाय बढाउन अभिकर्ता र कर्मचारीको ठूलो भुमिका रहेको छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*