छोराको अन्नप्राशनमा बाबुले दिए १० लाखको जीवन बीमा उपहार

२ असार २०८२, सोमबार १७:३३

काठमाडौँ । अन्नप्राशन नेपाली समाजमा बालबालिकाको जीवनको पहिलो महत्वपूर्ण संस्कारका रूपमा मनाइन्छ। यस अवसरमा आफन्तजन र अभिभावकहरूले बालबालिकालाई आशीर्वादसहित लत्ताकपडा, गहना वा अन्य उपहार दिने चलन रहिआएको छ। तर, काठमाडौँमा एक बाबुले आफ्ना छोरालाई अन्नप्राशनको अवसरमा बीमा पोलिसी उपहार दिँदै नयाँ अभ्यासको थालनी गरेका छन्।

नविन सापकोटाले छोरालाई एसियन लाइफ इन्स्योरेन्सको ‘सुनौलो बाल भविष्य’ योजना अन्तर्गत १० लाख रुपैयाँ बराबरको जीवन बीमा पोलिसी उपहार दिएका हुन्। एसियन लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिकाको भविष्य सुरक्षालाई लक्षित गर्दै ल्याएका योजनामध्ये यो पनि एक हो।

बीमा पोलिसी हस्तान्तरणको कार्यक्रम हातिगौंडा शाखा प्रमुख विनोद कुमार श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको थियो। बीमा प्रक्रिया सिनियर एजेन्सी म्यानेजर दीपा कुमारी बिसीको पहलमा अघि बढाइएको थियो ।

बीमा पोलिसी हस्तान्तरण गर्दै नविन सापकोटाले भने, ‘तिमी मेरो जीवनको सबैभन्दा अमूल्य रत्न हौ। तिम्रो सुरक्षित भविष्यको सपना म सँधै देखिरहेको छु। आज म तिमीलाई एउटा सानो तर महत्वपूर्ण उपहार दिँदैछु जीवन बीमा। यो केवल कागज होइन, यो तिमीप्रति मेरो माया, चिन्ता र तिमीप्रति राखिएको विश्वासको प्रतीक हो।’

सामान्यतः अन्नप्राशनको दिन गरगहना वा लत्ताकपडा दिने परम्परामा बाँधिएको नेपाली समाजमा सापकोटाले जीवन बीमा जस्तो दीर्घकालीन सोच राख्ने उपहार दिएर नयाँ अभ्यास सुरु गरेका छन्। यसले बालअधिकार, सुरक्षा र भविष्य योजनामा बीमाको भूमिका झल्काउने काम गरेको छ। सापकोटा परिवारले अन्नप्राशनको अवसरलाई भावनात्मक रूपमा मात्रै नभई जिम्मेवार अभिभावकत्वको प्रतीकका रूपमा प्रस्तुत गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*