नेपाल पुनर्बीमा कम्पनीले मुद्दति निक्षेपमा लगानी गर्ने
४ असार २०८२, बुधबार १०:४३

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै मुद्दति निक्षेप रकम लिन इच्छुक संस्थाहरुलाई शिलवन्दी प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख तथा ग वर्गका राष्ट्रिय स्तरका बैंक तथा वित्तीय संस्था र नेपाल पूर्वाधार बैंकको केन्द्रिय कार्यालय मार्फत लिन इच्छुकहरुलाई कम्पनीको वेबसाइटमा उपलब्ध रहेको सम्पूर्ण विवरण भरी पाँच दिनभित्र शिलबन्दी पेश गर्न कम्पनीले आग्रह गरेको छ ।