नागरिक लगानी कोषमा सहभागी योग्दानकर्ताको जीवन बीमाको हिसाब किताब गोलमाल

४ असार २०८२, बुधबार १५:२१

काठमाडाौं । नागरिक लगानी कोषमा सहभागी योग्दानकर्ताको जीवन बीमा कम्पनीको हिसाब गोलमाल गरेको पाइएको छ।

नागरिक लगानी कोषले सावधिक जीवन बीमा योजना ( राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडबाट २०८०र९र१२ मा इमेलमार्फत प्राप्त जानकारी बमोजिम बीमा कोषको तर्फबाट बीमा गर्ने सहभागीहरूको संख्या जम्मा ३ लाख ३७ हजार ९६३ रहेको र बीमाशुल्क ३ अर्ब ३० करोड ३९ लाख ७८ हजार रहको छ।

तर कोषको टिप्पणी र वित्तीय विवरणमा कोषबाट जम्मा ३ लाख ३३ हजार २९२ जनाको बीमाशुल्क ३ अर्ब २२ करोड ९ लाख ६२ हजार राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा पठाएको देखिएको छ।
यो वर्ष ४ हजार ६७१ जनाको विवरण राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड र बीमा कोषको विवरणमा फरक परेको देखिएको छ ।

बीमा कोषले यो वर्ष राष्ट्रसेवक कर्मचारीहरूबाट बीमाको निम्ति ३ अर्ब ९४ करोड ७१ लाख ९७ हजार रुपैयाँ सङ्कलन गरेकोमा ३ अर्ब २२ करोड ९ लाख ६२ हजार मात्र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा पठाएको देखिएको छ। योगदानकर्ताहरूबाट संकलन गरेको रकम यथासमयमा तोकिएको कोष वा निकायको खातामा दाखिला गनुपर्ने रकम दाखिला नगरेको पाइएको छ ।

नागरिक लगानी कोषको बीमा कोषले पुरानो लेखा सफ्टवेयरबाट नयाँ लेखा सफ्टवेयरमा तथ्याङ्क स्थानान्तरण गर्दा भुक्तानी भइसकेका सहभागीहरूको पनि तथ्याङ्क स्थानन्तरण भएको छ ।

उक्त ९१ हजार सहभागीहरूको अन्तिम मौज्दात ३८ करोड २ लाख ७९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । बीमा कोषले समयमा नै यथार्थ हिसाब गरी हिसाब मिलान नगरेको महालेखासमेत ठहर गरेको छ ।

 

One thought on “नागरिक लगानी कोषमा सहभागी योग्दानकर्ताको जीवन बीमाको हिसाब किताब गोलमाल

  1. sarjan bahadu says:

    ठिक संग समयमै सबै सञ्चयकर्ताकाे (रकम) हिसावमिलान गरिनु पर्छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*