लाभांश पारित गर्न एलआईसी नेपालले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

५ असार २०८२, बिहीबार ०७:१५

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले यही असार ३० गते सोमबार २३औं वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः४५ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

यसका साथै गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित अन्य वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी सर्वसाधारण शेयरधनीतर्फ (समूह ख) बाट १ जना सञ्चालक निर्वाचन गर्ने र संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकको अनुमोदन गर्नेछ।

त्यस्तै बोनस शेयर वितरणपछि पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम गर्न वा नियमनकारी निकायबाट निर्देशन भए बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले असार १६ गते १ दिन बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा असार १५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*