लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक सभा सम्पन्न

काठमाडौं । लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष निकोलस पाण्डेको अध्यक्षता बसेको सभा कम्पनीको प्रधान कार्यालय न्यूरोड–०८, पोखरामा आज सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष निकोलस पाण्डेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन प्रस्ताव उपर छलफल भई सर्वसम्मतिले पारित गरेको छ ।
साथै साधारण सभाले आर्थिक वर्ष २०८०–०८१ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ अषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ ।
सोही साधारण सभाबाट आर्थिक वर्ष २०८१–०८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल भई पारित भएको छ ।
वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष लगायत संचालकज्यूहरु, शेयरधनी, शेयरधनीका प्रतिनिधि, कम्पनी सचिव, कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।