किन समयमा हुदैन बीमा कम्पनीको साधारणसभा ?, प्रतिफल कुर्दै लगानीकर्ता

८ असार २०८२, आईतवार १५:४७

काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरुले वार्षिक साधारण सभा गर्न  ढिला गर्दै आइरहेका छन् । गत आर्थिक वर्ष सकिएको ११ महिना बितिसक्दा पनि अझै नौ कम्पनीहरुले वार्षिक सभा गर्न ढिलाइ गरेका हुन् ।

गत आर्थिक वर्ष सकिनलाग्दा पनि सात वटा बीमा कम्पनीहरुले साधारण सभा बोलाउन सकेका छैनन् । कम्पनीहरुमा लगानी गरेका शेयरधनीहरु वार्षिक साधारण सभा ढिला हुदाँ आफुले पाउने प्रतिफलको कुरिरहेका छन् ।

समयमा जीवन बीमा कम्पनीको दायित्वको मूल्यांकन (एक्चुरियल भ्यालुएसन) हुन सकेको छैन । जसका कारण कम्पनीले वार्षिक साधारणसभा नै समयमा गर्न सकेका छैनन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका २० वटा बीमा कम्पनीहरुले गत आर्थिक वर्षको वार्षिक सभा सम्पन्न गरेका छन् । जसमा आठ वटा जीवन बीमा, आठ वटा निर्जीवन बीमा, दुई वटा लघु जीवन बीमा, एक वटा लघु निर्जीवन बीमा कम्पनी र एक पुनर्बीमा कम्पनी रहेका छन् ।

जीवन बीमा कम्पनीतर्फ एशियन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेका छन् । जसमा हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको वार्षिक सभा यहि असार १० गते काठमाडौंको अम्रपाली ब्याक्युटमा आयोजन गर्ने गरी आह्वान गरेको छ । कम्पनीले सो सभा प्रयोजनार्थ जेठ २८ गते एक दिनको लागि बुकक्लोज गरिसकेको छ ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनले गत आर्थिक वर्षको वार्षिक साधारण सभा असार १० गते ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आह्वान गरेको छ । कम्पनीले नगद लाभांश वितरण गर्ने र सञ्चालक चयन गर्ने तथा वित्तीय विवरण प्रकाशित गर्ने लगायतका प्रस्तावहरु पेश गर्ने भएको छ ।

नेपाल स्कट एक्सचेन्जमा सूचीकृत भएका  आठ  जीवन बीमा कम्पनीहरुले  गत आर्थिक वर्षका वार्षिक सधारण सभा सम्पन्न गरेका छन् । यसमा सूर्यज्योति लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योेरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्सले सभा सम्पन्न गरेका छन् । साथै, गार्डियन माइक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफले गत आवको वार्षिक सभा सम्पन्न गरेका छन् ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुमध्ये प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सिद्धार्थ प्रियिमर इन्स्योरेन्स र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले अझै पनि गत आर्थिक वर्षको वार्षिक सभा गरेका छैनन् । कम्पनीहरुमध्ये प्रभु इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सले हालसम्म वार्षिक साधारण सभा सम्बन्धि सार्वजनिक सूचना प्रकाशित गरेको छैन ।

राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०७५–०७६ र २०७६–०७७ को वार्षिक साधारण सभा यहि असार ३० गतेको लागि आह्वान गरेको छ । कम्पनीले अझै चार आर्थिक वर्षको वार्षिक सभा गर्न बाँकी रहेको छ । वार्षिक सभा गरेर वित्तीय विवरण पारित गर्न नसकेको सो कम्पनी वित्तीय रुपले भद्रगोल बनेको छ ।
वार्षिक सभा सम्पन्न गरेका बीमा कम्पनी

निर्जीवन बीमा कम्पनीहरुतर्फ हिमालयन एभरेष्ट इन्स्योरेन्स, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षको वार्षिक सभा सम्पन्न गरिसकेका छन् । अधिकांश कम्पनीहरुले क्षमता अनुसारको प्रतिफल शेयरधनीहरुलाई वितरण गरेका छन् ।

नेपालमा दुई वटा पुनर्बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । जसमा निजी क्षेत्रद्वारा सञ्चालित हिमालयन रि इन्स्योरेन्सले गत आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ । सरकारी स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनीले गत आवको वार्षिक सभा आह्वान समेत गरेको छैन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*