यसरी सम्पन्न भयो हिमालयन लाइफको १८औं वार्षिक सभा (तस्विरहरु)

१० असार २०८२, मंगलवार १७:४९

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष शुलभ अग्रवालको अध्यक्षतामा बसेको उक्त सभा आज काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो ।

गत आर्थिक वर्षको वित्तीय विवरण, लाभांश वितरण, लेखापरिक्षको प्रतिवेदन र चालु आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गरेर सभा सम्पन्न भएको छ ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालले आगामी आर्थिक वर्षको वार्षिक सभा समयमा नै गर्ने प्रतिवद्धता जनाउँदै उचित प्रतिफल दिने बताएका छन् । साथै, उनले वार्षिक साधारण सभामा उपस्थित भएर सभा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने शेयरधनीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले शेयरधनीहरुको जिज्ञासा र प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिदै कम्पनीका प्रमुख वित्तीय सूचांकहरु बलिया भएको बताए ।

वार्षिक साधारण सभामा उपस्थित भएका शेयरधनीहरुले कम्पनीले यस्तो विषम परिस्थितीमा पनि उचित लाभांश वितरण गर्न सक्षम भएकोमा खुशी हुदै धन्यवाद व्यक्त गरेका छन् ।

तस्विरः राजन  कठायत, बीमापोष्ट डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*