सन नेपाल लाइफले दियो मातृ स्वास्थ्य सेवालाई ह्वीलचेयर र म्याट्रेस

१० असार २०८२, मंगलवार १८:१९

काठमाडौँ । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढी शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ स्वास्थ्य सेवा प्रवर्धनमा योगदान पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरेको छ।

कम्पनीले धनगढी उपमहानगरपालिका वडा नम्बर ७, बेलीस्थित सहरी स्वास्थ्य प्रवर्धन केन्द्र बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलाहरूको सुविधाका लागि ह्वीलचेयर र म्याट्रेस हस्तान्तरण गरेको हो।

उक्त सामग्री वितरण कार्यक्रम धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोतिराम राना र सहरी स्वास्थ्य केन्द्र प्रमुख जयकला रावललाई कम्पनीका प्रदेश प्रमुख लक्ष्मीकान्त जैसी र शाखा प्रमुख योगेन्द्रविक्रम अधिकारीले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।

कम्पनीले समाजप्रति उत्तरदायी भई यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*