नेशनल लघुवित्तले प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन
१० असार २०८२, मंगलवार १८:३४

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रिमियममा एफपीओ निष्काशन गर्ने भएको छ। यस अघि अंकित मूल्य मै आईपीओ निष्काशन गर्न आवेदन दिएको कम्पनीले अब भने प्रिमियममा एफपीओ निष्काशन गर्ने गरि नेपाल धितोपत्र बोर्डमा थप कागजात पठाएको छ।
कम्पनीले अब प्रिमियमसहित प्रति शेयर २७०.४९ रुपैयाँमा एफपीओ निष्काशन गर्ने गरि आवेदन दिएको हो । कम्पनीले कुल ६ लाख ६९ हजार ९ सय कित्ता शेयर निष्काशनको तयारी गरेको छ। बोर्डबाट अनुमति पाएपछि कम्पनीले एफपीओ निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।