११ महिनामा जीवन लघुबीमाको ब्यवसाय १ अर्ब ९ करोड, कुनको कति ?
१५ असार २०८२, आईतवार १५:४०

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ११ महिनामा जीवन लघुबीमा कम्पनीहरुले करिब १ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तससम्ममा हाल संचालनका रहेका लघुबीमाहरुले १ अर्ब ९ करोड ८२ लाख रुपैयाँको ब्यवसाय गरेका हुन् ।
यस अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न कम्पनीका गार्डियन माइक्रो लाइफ रहेको छ । जेठ मसान्तसम्ममा कम्पनीले ४१ करोड ३६ लाख रुपैयाँको ब्यवसाय गरेको हो ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफले ३९ करोड ९४ लाख र लिबर्टी माइक्रो लाइफले २८ करोड ५० लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् ।
यता, जेठ महिनामा मात्रै जीवन लघुबीमा कम्पनीले ११ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।