जीवन बीमकको नविकरण बीमा शुल्क १ खर्ब १९ अर्बः रिलायबल र प्रभु महालक्ष्मीको कडा प्रतिस्पर्धा, कुनको कति ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ११ महिना (साउनदेखि जेठ) सम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा १ खर्ब १९ अर्ब ९६ करोड ७ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको हुन् ।
कम्पनीहरुले आर्जन गरेको नविकरण बीमा शुल्क गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १३.११ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ६ अर्ब ५ करोड ८० लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थिए ।
सर्वाधिक नविकरण बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ अग्र स्थानमा रहेको छ । ११ महिनामा नेपाल लाइफको नविकरण बीमा शुल्क ११.८९ प्रतिशतले बढेर ३२ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो ।
त्यस्तै, एलआईसी नेपाल लाइफको नविकरण बीमा शुल्क आर्जन ७.२७ प्रतिशतले बढेर १४ अबए ८३ करोड रुपैयाँ पुग्दा नेशनल लाइफको १८.३६ प्रतिशतले बढेर १३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
यता, हिमालयन लाइफको २.४६ प्रतिशतले बढेर १२ अर्ब ९० करोड रुपैयाँ नविकरण बीमा रहेको छ ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा नविकरण बीमा शुल्क आर्जन सर्वाधिक वृद्धि गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी र रिलायबल नेपाल लाइफ रहेको छ । राष्ट्रिय जीवन बीमाको नविकरण बीमा शुल्क आर्जन ४४.८५ प्रतिशतले बढेर ६ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने रिलायबल नेपालको २३.६८ प्रतिशतले बढेर ३ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, नविकरण बीमा शुल्क आर्जन सूर्यज्योति लाइफको १४.३५ प्रतिशतले बढेर ६ अर्ब ८५ करोड, एशियन लाइफको १०.४२ प्रतिशतले बढेर ६ अर्ब ७ करोड, सिटिजन लाइफको १९.३० प्रतिशतले बढेर ४ अर्ब ४० करोड, मेट लाइफको ९.१३ प्रतिशतले बढेर ४ अर्ब २८ करोड, सानिमा रिलायन्स लाइफको १०.१८ प्रतिशतले बढेर ४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा आइएमई लाइफको ३ अर्ब १८ करोड, प्रभु महालक्ष्मीको ३ अर्ब १५ करोड र सन नेपाल लाइफको २ अर्ब ३७ करोड रुपैयाँ नविकरण बीमा शुल्क रहेको छ ।