जगदम्बा स्टीलको भट्टी बिस्फोटमा करोडौंको क्षति, पुनर्बीमा हिमालयन रि इन्स्योरेन्समा

काठमाडौं । शंकर ग्रुपको मुख्य लगानी रहेको जगदम्बा स्टीलको बारास्थित कारखानामा रहेको मुख्य भट्टीमा हिजोराति शक्तिशाली विस्फोट हुँदा करोडौं मूल्यको क्षति भएको छ ।
सो बिस्फोटको क्षति हिमालयन रि इन्स्योरेन्स कम्पनीमा पर्ने देखिएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनी शंकर ग्रुपको आफ्नै लगानीको कम्पनी हो ।
स्रोतका अनुसार उक्त कम्पनीको बीमा दि ओरियन्टल इन्स्योरेन्समा गरिएको छ । ओरियन्टल इन्स्योरेन्सले सो भट्टीको पुनर्बीमा हिमालयन रि इन्स्योरेन्समा गरेको खुलेको छ ।
आफ्नै लगानीको कम्पनीको बीमा आफ्नो मुख्य लगानी भएको बीमा कम्पनीमा गर्न नपाइने नियम विपरीत कसरी त्यसरी पुनर्बीमा गरियो भन्ने नेपाल बीमा प्राधिकरणको खोजीको विषय हुन आएको छ ।
अन्य स्टील उद्योगमा पनि यसैगरी भट्टी विस्फोट हुँदा हिमालयन रि इन्स्योरेन्सले दावी नतिरी दुःख दिइरहेको समयमा आफ्नै कम्पनीमा भट्टी पड्किन पुगेको हो ।
यस सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा हिमालयन रि इन्स्योरेन्सकी सिईओ उपासना पौडेलले कुनै जवाफ दिन चाहिनन् ।
लुटेरा व्यापारी हरु देशको गद्दार हरु