पुनर्बीमा सम्बन्धीत रहेर बीमा प्राधिकरणसँग छलफल, कमिशनको हेराफेरीमा गुनासो

१९ असार २०८२, बिहीबार १८:४९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपालमा संचालित पुनर्बीमा कम्पनी, बीमकका पुनबीमा शाखाका पदाधिकारी, तथा ब्रोकर कम्पनीहरुसँग छलफल गरेको छ।

बिहीबार काठमाडौंको म्यारिअट होटलमा आयोजित उक्त छलफलमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, नेपाल बीमक संघका अध्यक्ष विरेन्द्र वैदवार क्षेत्री, नेपाल पुनर्बीमा कम्पनीका सीईओ सुरेन्द्र थापा र हिमालयन रि इन्स्योरेन्स कम्पनीका सिईओ उपासना पौडेल तथा पुनर्बीमा ब्रोकरका पदाधिकारी लगायतका सहभागितामा उक्त छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

सबै कम्पनीका सिईओ तथा विभगीय कर्मचारीहरुलाई अनिवार्य गरिएको आजको छलफलमा दुवै तर्फबाट समस्या र गुनासाहरुमाथि पनि छलफल भएको थियो ।

नेपाल बीमा प्राधिकरणका उप निर्देशक राम कोजुले बीमक र पुनर्बीमकको लागि पुनर्बीमा २०८० मा केन्द्रित रहेर कार्यप्रस्तुती दिएका थिए । उनले पुनर्बीमा निर्देशिका, व्यवस्था र ब्रोकर कमिशनको बिषयमा प्रस्तुतीकरण दिएका थिए ।

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र हिमालयन रि इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपसना पौडेल र नेपाल बीमक संघका अध्यक्ष विरेन्दै बैदवार क्षेत्रीले सम्बन्धित विषयमा रही कार्यपत्र प्रस्तुत गरेका थिए ।

अध्यक्ष ओझाले पुनर्बीमा कम्पनी र ब्रोकरलाई प्रभावकारी ढङ्गबाट काम गर्न निर्देशन दिएको बताउँदै अझै नतिजामुखी र प्रभावकारी काम गर्न निर्देशन दिएका छन् । कार्यक्रममा पुनर्बीमा कमिशनको बिषयमा पनि प्रश्न उठेको थियो । प्राधिकरणका अध्यक्ष शरद ओझाले सहभागी पदाधिकारीहरुका जिज्ञासा तथा प्रश्नको जवाफ दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*