३५% नगद लाभांश र आईपीओको रकम फिर्ता लिन एलआईसी नेपालको आग्रह

२० असार २०८२, शुक्रबार ०८:०८

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले पाँच वर्ष पुरानो नगद लाभांश र आईपीओ बाँडफाँडको रकम फिर्ता लिन शेयरधनीलाई आग्रह गरेको छ।

कम्पनीको २०७६ साल साउन २४ गतेको १७औं वार्षिक साधारणसभाले शेयरधनीलाई ३५.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो। उक्त लाभांश पारित भएको पाँच वर्ष बितिसक्दा समेत केही शेयरधनीले लाभांश लिन नआएकाले यथाशीघ्र लिन आग्रह गरेको छ।

साथै कम्पनीले आईपीओ निष्कासन गरी बाँडफाँड गर्दाको बखत आंशिक रूपमा शेयर परेको वा शेयर नपरेको रकम समेत केही शेयरधनीले फिर्ता लिन बाँकी रहेको भन्दै सो पनि फिर्ता लिन आउन आग्रह गरेको छ। त्यतिबेला आईपीओमा अनलाईबाट आवेदन दिने प्रचलन थिएन। तत्कालीन समयमा बैंकमा रकम जम्मा गर्नुपर्ने भएकाले त्यतिबेला लगानीकर्ताले आईपीओका लागि बैंकमा जम्मा गरेकोमा आईपीओ नपरेकालाई रकम फिर्ता लिन बोलाएको हो।

यसरी लाभांश वा आईपीओको रकम फिर्ता लिन बाँकी शेयरधनीलाई अबको १ महीनाभित्र आवश्यक कागजात सहित कम्पनीमा सम्पर्क गरी फिर्ता लिन आग्रह गरेको छ।

यस समयावधिभित्र समेत फिर्ता नलिएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*