रिलायबल नेपाल लाइफको विलम्ब शुल्कमा छुट पाइने आज अन्तिम दिन
२० असार २०८२, शुक्रबार ११:०८

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा छुट पाइने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २० अर्थात आजसम्म विभिन्न पोलिसीको विलम्ब शुल्कमा शत प्रतिशत छुट प्रदान गर्दै आएको हो ।
उक्त शुल्कहरु अनलाईन कनेक्ट आइएपीएस, इसेवा, आइएमई पे र खल्तीबाट भुक्तानी गर्न सकिने जनाएको छ । यस्तो छुट सुविधा बीमा अवधिबरी एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ ।