सन नेपाल लाइफको मुनाफा ५४ करोड, १० अर्बको जीवन बीमा कोष, अन्य सूचांक कस्तो ?

३० श्रावण २०८२, शुक्रबार ०६:१९

काठमाडौं । सन नेपाल लाइफले गत आवमा ५४ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत असार मसान्तसम्ममा कूल १० अर्ब १० करोड रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ ।

कूल पाँच अर्ब ८६ लाख रुपैयाँ चुक्ता पुँजि भएको सन नेपाल लाइफले गत आवमा जीवन बीमा कोषको आकार साढे दुई अर्बले बृद्धि गर्न सफल भई सात अर्ब ६२ करोडबाट १० अर्ब १० करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

कम्पनीले गत वर्षमा चार अर्ब ५३ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ । समीक्षा अवधीमा कम्पनीको बीमा शुल्क आम्दानी करिब ६५ करोड रुपैयाँले बृद्धि गर्न सफल भएको छ । गत आवमा कम्पनीले तीन अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गर्न सफल भएको थियो ।

कम्पनीले समीक्षा अवधीमा एक अर्ब ५७ करोड ९९ हजार रुपैयाँ दावी भुक्तानी दिएको छ । गत वर्ष कम्पनीले एक अर्ब २२ करोड रुपैयाँ दावी भुक्तानी दिएको थियो ।

गत वर्षको मुनाफाका आधारमा कम्पनीको प्रतिशेयर आम्दानी ११.२२ रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १५४.२३५ रुपैयाँ रहेको छ । प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३६४.६० रुपैयाँ रहेको छ ।

One thought on “सन नेपाल लाइफको मुनाफा ५४ करोड, १० अर्बको जीवन बीमा कोष, अन्य सूचांक कस्तो ?

  1. Surendra Kumar Yadav says:

    Good job

Leave a Reply to Surendra Kumar Yadav Cancel reply

Your email address will not be published. Required fields are marked *


*