एशियन लाइफको वित्तीय विवरणमा देखियो चमक, नौ अर्ब बीमा शुल्क आर्जन, नाफासँगै यी प्रमुख सूचकमा उल्लेख्य बृद्धि

३० श्रावण २०८२, शुक्रबार ०६:१९

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण आज सार्वजनिक गरेको छ । विवरण अनुसार एशियन लाइफ वित्तीय सूचांकहरुलाई मजबुद बनाउदै अघि बढीरहेको छ ।

समीक्षा अवधिमा कम्पनीले ४० करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २४.५७ प्रतिशतले वृद्धि भएको हो ।

हाल कम्पनीको महाविपत्तीकोषमा २७ करोड ९६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको जगेडा कोषमा ८० करोड ५६ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको दायरा समेत विस्तार गरेको छ । गत आवको अन्तिम त्रैमाससम्ममा कम्पनीले बीमा कोष १०.५२ प्रतिशतले बढाएर ४७ अर्ब ७ करोड पुर्याएको छ । अघिल्लो आवको सोही तुलनामा बीमा कोषमा ४२ अर्ब ५८ करोड रुपैयाँ सञ्चिती रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीले नौ अर्ब ४० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लोआर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १६.८६ प्रतिशतले वृद्धि भएको विवरणले देखाएको छ ।

कम्पनीले ८१ करोड ७ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७२ करोड ७५ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीले बीमा पोलिसी धितोमा राखी पाँच अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ४ अर्ब ९१ करोड कर्जा प्रवाह गरेको थियो । समिक्षा अवधिमा पोलिसी धितो राखी कम्पनीले प्रवाह गरेको कर्जा ४.४४ प्रतिशतले वृद्धि भएको हो ।

तीन अर्ब ३९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एशियन लाइफको प्रतिशेयर आम्दानी १२.०४ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १३५.०५ रुपैयाँ रहेको छ । समग्र रुपमा एशियन लाइफले उल्लेख्य ग्रोथ गर्दै अघि बढीरहेको छ ।

2 thoughts on “एशियन लाइफको वित्तीय विवरणमा देखियो चमक, नौ अर्ब बीमा शुल्क आर्जन, नाफासँगै यी प्रमुख सूचकमा उल्लेख्य बृद्धि

  1. खगेन्द्र प्रसाद अधिकारि says:

    बधाई छ एशियन लाईफ ईन्सोरेन्स टिमलाई

  2. खगेन्द्र प्रसाद अधिकारि बिरौटा says:

    बधाई छ एशियन लाईफ ईन्सोरेन्स टिमलाई

Leave a Reply to खगेन्द्र प्रसाद अधिकारि बिरौटा Cancel reply

Your email address will not be published. Required fields are marked *


*