नेपाल लाइफको बोनसदर घोषणा, बीमितलाई ८५ रुपैयाँसम्म बोनस दिइने

२४ मंसिर २०८२, बुधबार ०७:२५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले मंसिर २३ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर घोषणा गरेको छ।

नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गतको सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी र जीवन उदय एकल बीमालेखहरूमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ।

त्यसैगरी नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा योजनामा ६५ रुपैयाँदेखि ८२ रुपैयाँसम्म, जीवन समुन्नत बीमा योजनामा ५६ रुपैयाँदेखि ७० रुपैयाँसम्म, सुनौलो भविष्य जीवन बीमा योजना (विकल्प १ / विकल्प २) मा ६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म, केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजनामा ६० रुपैयाँदेखि ६२ रुपैयाँसम्म र केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजनामा ६० रुपैयाँदेखि ६२ रुपैयाँसम्म बोनस दिने भएको छ।

यता सावधिक तथा आजीवन बीमालेखको जीवन साहारा र अनमोल जीवन बीमालेखमा ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक बीमालेखको जीवन सम्वृद्धि–१५ वर्ष र जीवन सम्वृद्धि–२० वर्ष बीमालेखमा समान ५६ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक बीमालेखका धन वर्षा–१५ वर्ष, धन वर्षा–२० वर्ष, नौलो धन वर्षा, जीवन समुन्नति, छोराछोरी सदाबहार जीवन र नौलो जीवन सम्वृद्धि बीमा योजनामा पनि समान ५६ रुपैयाँ र अन्य (जीवन सारथी) बीमा योजनामा न्यूनतम ६२ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस बीमितले पाउने भएका छन्।

One thought on “नेपाल लाइफको बोनसदर घोषणा, बीमितलाई ८५ रुपैयाँसम्म बोनस दिइने

  1. रामु says:

    नेसनल भन्दा कम छ बाेनस दर नेपाल लाइफमा किन?

Leave a Reply to रामु Cancel reply

Your email address will not be published. Required fields are marked *


*