एपोलो हाइड्रोपावरको आईपीओमा २७ लाखको हात रित्तो हुने, कतिले पाउनेछन् शेयर ?

२ बैशाख २०८३, बुधबार १८:१०

काठमाडौँ । एपोलो हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म ४१.९५ गुणा बढी आवेदन परेको छ । सिडिएसका अनुसार कम्पनीको आईपीओमा २८ लाख ७५ हजार ३७२ जनाले आवेदन दिएका हुन् ।

कम्पनीको आईपीओमा ३ करोड २७ लाख ३२ हजार ९३० कित्ता बराबरको ३ अर्ब २७ करोड ३२ लाख ९३ हजार रुपैयाँ आवेदन परेको छ ।

कम्पनीले सर्वसाधारणका लागि कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । १० कित्ताका दरले शेयर बाँडफाँड गर्दा ७८ हजार जनाले मात्रै शेयर पाउनेछन् । २७ लाख बढीको हात खाली हुने निश्चित छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*