आजदेखि एनआईसी एशिया बैंकका ४४ शाखा कार्यालय बन्द

३ बैशाख २०८३, बिहीबार १०:१३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ठूलो संख्यामा शाखा कार्यालय समायोजन गरेको छ। बैंकले एकैचोटी चार वटा प्रदेशका ४४ वटा शाखा कार्यालय समायोजन गरी बन्द गरेको हो।

बैंकले काठमाडौंमा रहेका नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर, बागबजार बोहोराटार, माछापोखरी, ढुङ्गेधारा–नर्सरी चोक न्यूरोड खिचापोखरी, भोटाहिटि, किलागल, तिन्चुली, चाबहिल, नरेफाट, बालुवाटार, अनामनगर, शंखमुल, मध्य बानेश्वर, खसीबजार, कपन, गोंगबु सोह्रखुट्टे, टेकु, सिनामंगल, मित्रपार्क र कालोपुल शाखा कार्यालय बन्द भएका छन्।

त्यसैगरी ललितपुरमा रहेको लगनखेल, मंगलबजार, सानेपा, ग्वार्काे, खुमलटार, खोकना र चितवनमा रहेको बसेनी शाखा कार्यालय पनि गाभ्ने भएको छ। कास्की जिल्लामा रहेको पावरहाउस चोक, बुढीबजार, बाझापाटन, महेन्द्रपुल–पोखरा, बगर र बिरौटा शाखा कार्यालय पनि बन्द भएका छन्।

त्यसैगरी मोरङमा रहेको विराटनगर मेनरोड, हाटखोला, रानी मिल्स एरिया र पर्सामा रहेको लिंक रोड, पावरहाउस चोकमा रहेको शाखा कार्यालय पनि गाभ्ने भएको छ। यसरी काठमाडौं, ललितपुर, चितवन, कास्की, मोरङ र पर्सा जिल्लामा रहेका ठूला संख्याका शाखा कार्यालयहरू बन्द भएका छन्।

बैंकले आज वैशाख ३ गतेदेखि लागू हुने गरी उक्त शाखा कार्यालयहरू समायोजन गरी बन्द गरेको हो। समायोजित शाखा कार्यालयहरू पूर्ण रूपमा बन्द रहनेछन् भने समायोजन पश्चात् सञ्चालनमा रहेका शाखा कार्यालयहरूबाट पूर्ण रूपमा सेवा प्रदान गरिने बैंकले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*