निर्धन उत्थान लघुवित्तको कामु सीईओमा नारायण बहादुर कार्की नियुक्त
३ बैशाख २०८३, बिहीबार १०:२७

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा नारायण बहादुर कार्कीलाई नियुक्त गरेको छ ।
लघुवित्तको सञ्चालक समितिको वैशाख २ गते बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि सहायक महाप्रबन्धक कार्कीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
कम्पनी सचिव जग्य प्रसाद पन्तका अनुसार उनलाई वैशाख ४ गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारी प्रदान गरिएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दहालको पदावधि वैशाख ३ गते समाप्त भएको कम्पनीले जनाएको छ ।











