बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
३ बैशाख २०८३, बिहीबार १०:४७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला पाँच हजार २५० रुपैयाँमा किनबेच भइरहेको हो ।











