एलआईसी नेपालमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल)ले दरखास्त आह्वान गरेको छ। कम्पनीले गतिशील र परिणाममुखी नेपाली नागरिकबाट दरखास्त माग गरेको हो।
कम्पनीले १० जना कर्मचारी माग गरेको हो। उत्कृष्ट योग्यताका उम्मेदवारलाई भने असिस्टेन्ट म्यानेजर (जुनियर अफिसर) तहमा पनि नियुक्त गर्न सकिने कम्पनीले जनाएको छ।
आवेदकले कम्तीमा कुनै पनि विषयमा स्नातक उत्तीर्ण गरेको हुनु पर्नेछ भने स्नातकोत्तर गरेकालाई प्राथमिकता दिइनेछ। साथै जीवन बीमा, बीमा कम्पनी वा बैंक तथा वित्तीय संस्थामा कम्तीमा २ वर्षको मार्केटिङ अनुभव आवश्यक पर्ने कम्पनीले जनाएको छ।
उमेर हद आवेदन दिने मितिसम्म ३० देखि ३५ वर्ष हुनु पर्नेछ। यद्यपि विशेष योग्यताका उम्मेदवारका हकमा उमेरमा छुट दिन सकिने कम्पनीले जनाएको छ। छनोट भएका कर्मचारीलाई संस्थाको आवश्यकताअनुसार देशका विभिन्न स्थानमा खटाइने कम्पनीले स्पष्ट पारेको छ।
योग्य तथा इच्छुक व्यक्तिले वैशाख १७ गतेभित्र कम्पनीको इमेल ठेगाना मार्फत आवश्यक कागजात सहित दरखास्त आवेदन दिन सक्नेछन्।












