रास्वपाद्वारा संसदीय समितिका सभापतिका उम्मेदवार टुंगो, लेखा समिति प्रमुख प्रतिपक्षी दललाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिका सभापतिका उम्मेदवार टुंगो लगाएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिका उम्मेदवार तय गरेको हो ।
सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरिएको रास्वपाले जनाएको छ । शुक्रबार संसदीय समितिहरुको निर्वाचन हुने भएको छ भने आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।
कानून, न्याय तथा मानवअधिकार समितिमा समिक्षा वास्कोटा, कृषि-सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृती अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजस्वी शेरचनलाई उम्मेदवार बनाइएको छ ।
त्यस्तै संसदीय सुनुवाइ समितिमा वोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्कीलाई संयुक्त उम्मेदवारका रूपमा अगाडि सारिएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्नीमा उदास र अर्थ समितिमा कृष्णहरी बुढाथोकीलाई उम्मेदवार बनाइएको छ । उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारीलाई उम्मेदवार बनाइएको छ ।












