डोटीबाट निर्वाचित सांसद भरत खड्का लेखा समिति सभापति

३ बैशाख २०८३, बिहीबार १४:४०

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापति पदका लागि उम्मेदवार टुंगो लगाएको छ ।

कांग्रेसले समितिको सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि प्रतिपक्षमा रहेका दलहरूले लेखा समिति सभापति पद कांग्रेसलाई दिने सहमति गरिसकेका थिए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि प्रमुख प्रतिपक्षी दललाई सार्वजनिक लेखा समिति दिने निर्णय आफ्नो बैठकमार्फत गरिसकेको छ ।

समिति सभापतिका लागि बिहीबार मनोनयन दर्ता हुने कार्यतालिका तय गरिएको छ भने शुक्रबार निर्वाचन हुने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*