आइएमई लाइफद्धारा चैतसम्ममा साढे तीन करोडको बीमा दाबी भुक्तानी
३ बैशाख २०८३, बिहीबार १७:२३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चैत्र महिनामा ९७ वटा बीमालेखहरुको बीमा दाबी भुक्तानी गर्न सफल भएको छ ।
कम्पनीले चैतसम्ममा ९७ वटा बीमालेखवापत तीन करोड ७९ लाख ६८ हजार ७ सय ४९ रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गर्न सफल भएको जनाएको छ।
कम्पनीले आगामी दिनमा थप छोटो समयमा ग्राहकहरूलाई झन्झटरहित सेवा प्रदान गर्न प्रतिबद्ध समेत जनाएको छ।











