शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
४ बैशाख २०८३, शुक्रबार १५:१६

काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३६ अकंले बढेर २८३८.४० बिन्दुमा कायम भएको हो ।
कारोबार रकम भने खुम्चिएको छ । ३३५ कम्पनीको १ करोड ८० लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ६ लाख रुपैयाँको कारोबार भएको हो ।
५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज सूर्यकुण्ड हाइड्रो, होटल फरेस्ट, पाल्पा सिमेन्ट, शिखर पावर र रिज लाइनको शेयरमा सर्किट लागेको हो ।












