२६ लाखको हात रित्तो हुने कालिन्चोक हाइड्रोपावरको आईपीओ कहिले हुन्छ बाँडफाँड ?
४ बैशाख २०८३, शुक्रबार १५:३६

काठमाडौँ । साढे २६ लाखभन्दा बढीको हात रित्तो हुने कालिन्चोक हाइड्रोपावरको आईपीओ अर्का साता मात्रै बाँडफाँड हुने भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले कम्पनीले आईपीओ मंगलबार चैत ७ गते बाँडफाँडको तयारी गरेको हो ।
कम्पनीको आईपीओमा २७ लाख ४९ हजार ६०२ जनाले आवेदन दिएका थिए । मागभन्दा बढी आवेदन परेको हुँदा आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने छ । जसमा ६८ हजार ४७५ जनाले १०।१० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी २६ लाख ८१ हजारको हात रित्तो हुने छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ८४ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।











