सन नेपाल लाइफका सञ्चालकहरूको पदावधि थप
७ बैशाख २०८३, सोमबार ०९:४८

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरूको पदावधि थप भएको छ।
सञ्चालक अनुज क्याल, ससांक अग्रवाल, किरण के.सी र नारायण रुगटाको चार वर्षे पदावधि भोलि वैशाख ८ गतेबाट समाप्त हुने भएकोले आगामी वार्षिक साधारणसभा नभएसम्म सञ्चालक पदमा निरन्तरता दिने गरी पदावधि थप गरिएको हो।
सञ्चालक समितिको वैशाख ६ गते बसेको १५७ औं बैठकले पदावधि थप गर्ने निर्णय गरेको हो। साथै हाल कायम रहेको सञ्चालक समितिको संरचना बमोजिम अनुज क्याल अध्यक्ष पदमा नै निरन्तरता हुने समेत कम्पनीले जानकारी दिएको छ।











