तेस्रो त्रैमाससम्ममा लघु जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे ८४ करोड, क्रेष्ट र गार्डियनबीच कडा प्रतिस्पर्धा
१० बैशाख २०८३, बिहीबार १६:४७

काठमाडौं । नेपालमा सञ्चालित लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अवधिमा ८४ करोड ५६ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित तीन वटा लघु जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् । विवरण अनुुसार क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले समीक्षा अवधिमा ३० करोड ५४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।
साथै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले ३० करोड ४० लाख रुपैयाँ र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले २३ करोड ६० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।












