चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब माथिको व्यवसाय भित्र्याए, कुनले कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा १ खर्ब ४० अर्ब रुपैयाँ बराबरको कारोबार गर्न सफल भएका छन् ।
नेपाल बीमा प्राधिकराणले सार्वजनिक गरेको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा १ अर्ब ४० अर्बको कारोबार गर्न सफल भएको देखिएको हो ।
प्राधिकरणको तथ्यांक अनुसार चैत मसान्तसम्ममा नेपाल लाइफले ३६ अर्ब ८६ करोड रुपैयाँ, नेशनल लाइफले १७ अर्ब ७ लाख रुपैयाँ, एलआईसी नेपालले १५ अर्ब १७ करोड रुपैयाँ, हिमालयन लाइफले १३ अर्ब २६ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ११ करोड रुपैयाँ, सूर्य ज्योति लाइफले ८ अर्ब ५५ करोड रुपैयाँ, एशियन लाइफले ७ अर्ब २४ करोड रुपैयाँ र सिटिजना लाइफले ६ अर्ब ६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, सानिमा रिलायन्स लाइफले ५ अर्ब ४२ करोड रुपैयाँ, आइएमई लाइफले ४ अर्ब ९५ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब ९५ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब ४४ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १९ करोड रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब १७ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।












