सोमबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
१४ बैशाख २०८३, सोमबार १५:१४

काठमाडौँ । शेयर बजारमा आज एकल अकंको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७३ अकंले बढेर २७९६.४३ बिन्दुमा कायम भएको हो ।
कारोबार रकम भने खुम्चिएको छ । ३५१ कम्पनीको १ करोड ८ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको हो ।
यसदिन ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज कर्पोरेट डेभलपमेन्ट बै)क, पाल्पा सिमेन्ट, शिखर पावर र सिटि होटलको शेयरमा सर्किट लागेको हो ।












