सेबोनका कार्यकारी निर्देशक अधिकारी अवकाशमा, सेवाप्रति उच्च सम्मानसहित बिदाई

१० बैशाख २०८३, बिहीबार १७:३३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक डा. नवराज अधिकारी ५८ वर्ष उमेर पूरा गरेसँगै अनिवार्य अवकाशमा गएका छन्। वि.सं २०५६ सालमा बोर्डको सेवामा प्रवेश गरेका अधिकारीले करिब तीन दशक लामो अवधिसम्म पूँजीबजारको नियामक निकायमा रही विभिन्न जिम्मेवारी सम्हाल्दै महत्वपूर्ण योगदान दिएका थिए।

बिहीबार ललितपुरस्थित बोर्डको कार्यालयमा आयोजित बिदाई कार्यक्रममा अधिकारीको सेवाप्रति उच्च सम्मान व्यक्त गरिएको छ। कार्यक्रममा सहभागी कर्मचारीहरूले उनको कार्यकाललाई समर्पित, अनुशासित र नीतिगत स्पष्टताले भरिएको भन्दै प्रशंसा गरेका थिए।

दीर्घ अनुभवका धनी अधिकारीले आफ्नो कार्यकालमा धितोपत्र बजारमा देखिएका चुनौतीहरूको व्यवस्थापन, नीतिगत सुधार तथा संस्थागत सुदृढीकरणमा सक्रिय भूमिका खेलेका थिए। विशेषगरी पूँजीबजारको विस्तारसँगै देखिएका जोखिम न्यूनीकरण, लगानीकर्ता संरक्षण र बजारलाई व्यवस्थित बनाउने दिशामा उनले निरन्तर प्रयास गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*