भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गरिंदै

२० बैशाख २०८३, आईतवार १४:०१

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदशले भोलि वैशाख २१ गते र गण्डकी प्रदेशले पर्सि २२ गते जीवन बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ।

बीमा अभिकर्ता इजाजतपत्र प्राप्त गर्नका लागि परीक्षा उत्तीर्ण गर्नुपर्ने भएकोले अनलाई माध्यमबाट भोलि दिउँसो २ बजेदेखि साढे ३ बजेसम्म मधेश प्रदेशले परीक्षा सञ्चालन गर्न लागेको हो।

त्यसैगरी पर्सि मंगलबार दिउँसो २ बजेदेखि साढे ३ बजेसम्म परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षा अनलाईन माध्यमबाट सञ्चालन गरिने प्राधिकरणले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*