नेपाल लाइफको वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर एवं देशभर रक्तदान कार्यक्रम

२३ बैशाख २०८३, बुधबार ०७:३१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर एवम् देशैभर बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

वैशाख २१ र २२ गते कम्पनीले आफ्नो प्रधान कार्यालयको प्राङ्गणमा निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। स्वास्थ्य परीक्षण सेवा आरबी डायग्नोजिस्ट मार्फत प्रदान गरिएको थियो। शिविरमा ईसीजी, थाइराइड, सुगर, प्रेसर, एसजिपिटी, कोलस्ट्रोल, यूरिक एसिड लगायतका निःशुल्क चेकजाँच तथा विज्ञ डाक्टरहरूबाट निःशुल्क परामर्श सुविधा प्रदान गरिएको थियो। २ दिने यस शिविरबाट कुल ६०१ जनाले प्रत्यक्ष लाभ लिएका छन्।

यससँगै कम्पनीले देशभरका ७ वटै प्रदेशका १३ स्थानमा बृहत् रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ। कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ३०, मधेश प्रदेशको वीरगञ्जमा २५, जनकपुरमा २५, बागमती प्रदेशको काठमाडौंमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६, बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३, भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ र सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ गरी कुल ५०५ पिन्ट रगत संकलन गरिएको छ।

‘किनकि, जीवन अमूल्य छ!’ को नारालाई आत्मसात् गर्दै सम्पूर्ण नेपालीको भविष्य सुरक्षित, सुनिश्चित र सुनौलो बनाउने अभिभारा बहन गर्दै आएको नेपाल लाइफ देशकै अग्रणी जीवन बीमा कम्पनी हो जसले करिब ३०% सम्मको बजार हिस्सा ओगट्दै आएको छ। विगत २५ वर्षदेखि करिब ५४ लाख नेपाली परिवारहरूको विश्वास जित्दै आएको कम्पनीले देशभरका ७७ वटै जिल्लामा फैलिएको शाखा सञ्जाल तथा ६९ हजारभन्दा बढी अभिकर्ताहरूको सशक्त सञ्जाल मार्फत सेवा प्रदान गर्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*