महङ्गीयो सुनको मूल्य, बुधबार प्रतितोला कति पुग्यो ?

२३ बैशाख २०८३, बुधबार १०:३९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा पाँच हजार ८०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा १७५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*